Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जनकपुरधामबाट नेपाल-भारत मैत्री बस सेवा पुनः सुचारू

जनकपुरधामबाट नेपाल-भारत मैत्री बस सेवा पुनः सुचारू

  • 446
    SHARES
  • जनकपुरधामबाट नेपाल-भारत मैत्री बस सेवा पुनः सुचारू

    जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल-भारत(जनकपुरधाम-पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ ।  दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले बताए । 

    केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका अवसरमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले उक्त बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । अध्यक्ष चौधरीले जनकपुरधामदेखि पटनासम्मको भाडादर अहिलेसम्म तय नभए पनि तत्काल प्रति यात्रु साढे चार सय भारतीय रुपैयाँ लाग्ने बताए । बसमा ३६ वटा सिट छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij