वेबटिभी खबर
काठमाडौं । गोरखामा नेपाली कांग्रेस, माओवादी केन्द्र परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।
पार्टी कार्यक्रमका लागि सोमबार गोरखा पुगेका जसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
बाबुराम गृहजिल्ला गोरखामा : कहाँ कहिले कार्यक्रम ? [सूचीसहित]
अध्यक्ष डा.भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले भने, ‘पूर्वप्रम तथा जसपा स.प अध्यक्ष डा.भट्टराई ‘जनभेटघाट अभियान गोरखा’ सिलसिलामा गण्डकी गा.पा रामपुरमा स्थानीयको जनसरोकारका विषय पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गर्दा दर्जनौं नेता तथा कार्यकर्ता मा.के, नेपाली कांग्रेस परित्याग गरि जसपामा प्रवेश ।’
पूर्वमन्त्री हिसिला यमी, गण्डकी प्रदेशका जलस्रोत, खानेपानीमन्त्री हरिशरण आचार्य, विज्ञ परिषद्का अशोक श्रेष्ठलगायतको टाेली जनभेटघाटका लागि जनताको गाउँटोलमा गएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij