Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुन्छ, अरू दल कांग्रेसको पुच्छर : केपी ओली

अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुन्छ, अरू दल कांग्रेसको पुच्छर : केपी ओली

  • 491
    SHARES
  • अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुन्छ, अरू दल कांग्रेसको पुच्छर : केपी ओली

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताएका छन् ।

    एमाले मोरङले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रमलाई सबोधन गर्दै उनले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफूसँग भए पनि छुँदा छोइपासो लाग्ने डरले चुप लागेर बसेको उनले बताए ।

    ‘अहिलेको सरकार पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन् कसले बोलेको विश्वास गर्नु,’ ओलीले भने, ‘देउवा एउटा कुरा गर्छन, प्रचण्ड अर्का कुरा गर्छन । अरूका त कुरा सुन्ने फुर्सद पनि छैन् । एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको फरक-फरक धारणा आएपछि ओलीले यस्तो आरोप लगाएका हुन् ।

    ओलीले तीन महिनासम्म मन्त्रीपरिषद् बिस्तार गर्न नसकेको सरकारले केही गर्छ भन्ने विश्वास नभएको पनि बताए । अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुने ओलीको भनाइ छ । अरू दल कांग्रेसको पुच्छर भएर हिंडेको उनको आरोप छ । ‘चुनावमा गठबन्धन गरेर जान्छौं भनेर अरू दल हिंडेका छन् । कांग्रेस बोल्दैन । तागत नभएपछि कांग्रेसका पछाडि लागेका छन्’, उनले भने चुनावमा जाँदा हालत के हुन्छ हामी पनि हेरेर बस्छौँ ।’

    ‘कसलाई मन्त्री, राजदुतलगायत नियुक्तीका कुरा आए र अरू धेरै आउन बाँकी छ’ उनले भने, ‘उहाँहरूले दुनामा माग्दा अदालतले टपरीमा दियो ।’ अदालतमा किनबेचका भरमा चलेको आरोप समेत ओलीले लगाए ।

    ‘ओलीलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने श्रीमानहरू खोई कसकसलाई मन्त्री बनाउँदै हिड्नु हुँदोरहे छ’, ओलीले भने, ‘अहिले न्यायलय भनेर चुप बस्ने दिन गएका छन् ।’ उनले न्यायलयको काम संविधानको व्याख्या गर्ने भए पनि संविधाननै बनाएको आरोप समेत लगाए ।

     

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij