Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सरकारको आयु लामो छैन : योगेश भट्टराई

सरकारको आयु लामो छैन : योगेश भट्टराई

  • 499
    SHARES
  • सरकारको आयु लामो छैन : योगेश भट्टराई

    ताप्लेजुङ । नेकपा एमाले पार्टीको सचिव योगेश भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताएका छन् ।

    ताप्लेजुङको सदमुका फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताए ।

    गठबन्धनमा आवद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, र‌ंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उनकाे दाबी छ । 'अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो', उनले भने ।

    गठबन्धन  दलहरूमा विघटनको संकेतहरु देखापर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसकाे आयु नरहेन नेता भट्टराईकाे भनाइ छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij