Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

माओवादी केन्द्रले महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

माओवादी केन्द्रले महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

  • 636
    SHARES
  • माओवादी केन्द्रले महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ ।

    मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । 

    उनका अनुसार बैठकले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने निर्णय गरेको छ । 

    न्यायालयको विवाद आन्तरिक भएको ठहर गरेको बैठकले न्यायालयभित्रैबाट यो समस्याको समाधान हुनुपर्ने भनेको छ । 

    बैठकले संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको महराले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij