Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सत्तारुढ गठबन्धन नास्पाती र सुन्तलाको कलमी जस्तै : योगेश भट्टराई

सत्तारुढ गठबन्धन नास्पाती र सुन्तलाको कलमी जस्तै : योगेश भट्टराई

  • 364
    SHARES
  • सत्तारुढ गठबन्धन नास्पाती र सुन्तलाको कलमी जस्तै : योगेश भट्टराई

    ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले सत्तारुढ गठबन्धनलाई नास्पाती र सुन्तलाको कलमीको संज्ञा दिएका छन् ।

    उनले सत्तारुढ दलले बनाएको राजनीतिक संयन्त्र प्रधानमन्त्रीलाई छायामा पार्न, अधिकार कटौती गर्न र सरकारका प्रत्येक काममा दलीय हस्तक्षेप बढाउने मनसायका साथ गठन गरिएको समेत आरोप लगाएका छन् । 

    गृहजिल्ला ताप्लेजुङमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वपर्यटनमन्त्री समेत रहेका उनले भने, ‘न नास्पातीमा सुन्तलाको कलमी हुन्छ न सुन्तलामा नास्पातीको ।’उनले सत्तारुढ गठबन्धन लामो समयसम्म टिक्न नसक्नेसमेत बताए ।

    केही गम्भीर मुद्दाका कारण यो गठबन्धन सरकार आगामी निर्वाचनसम्म जान नसक्ने उनको ठोकुवा थियो । सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक संयन्त्र हरेक काममा पार्टीका भागबन्डा मिलाउने उद्देश्य अनुरूप गठन भएकोले यस्ता गतिविधिले सरकार चल्नै नसक्ने उनले बताए ।

    सत्तारुढ गठबन्धन केवल एमालेको विरोधका लागि मात्रै गठन भएको समेत उनले बताए । गठबन्धनको धरातल कमजोर र उद्देश्य अपविपत्र भएकोले यसको आयु समेत लामो नभएको उनको जिकिर थियो । उनले न्यायालय भित्रको विवाद संवैधानिक परिषद्मार्फत समाधान गर्नुपर्नेमा जोड दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij