Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कांग्रेस नेतालाई लाग्यो महाधिवेशन, सुरु भयो जिल्ला दौडाह

कांग्रेस नेतालाई लाग्यो महाधिवेशन, सुरु भयो जिल्ला दौडाह

  • कार्तिक २४, २०७८ बुधवार ०९:०९ बजे
  • 456
    SHARES
  • कांग्रेस नेतालाई लाग्यो महाधिवेशन, सुरु भयो जिल्ला दौडाह

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी मंसीर २४ देखि २६ गतेसम्म हुँदैछ।  महाधिवेशनको मिति पटक–पटक सर्दै आएकोले यसअघि निर्धारण गरिएको कार्यतालिकाअनुसार नेताहरुले ‘दौडधुप’लाई महत्व दिएका थिएनन्। तर, पछिल्लो पटक फाइनल भएको मितिमा भने महाधिवेशन हुने संकेत देखिएको छ।

    अब संविधानअनुसार पनि तोकिएकै समयमा महाधिवेशन गर्नैपर्ने बाध्यता रहेकाले कांग्रेसका नेताहरु महाधिवेशन केन्द्रित दौडधुपमा सक्रिय भएका छन्। 

    महाधिवेशन केन्द्रित छलफल तथा कार्यकर्ता भेटघाटसँगै नेताहरु जिल्ला दौडाहामा समेत लागेका छन्। तिहारअघि विभिन्न जिल्लाको भ्रमणमा निस्किएका शीर्ष तहका नेताहरु छठलगत्तै पुनः जिल्लाका कार्यक्रममा जाने भएका छन्। 

    तिहारका २ दिन अघि मधेसका जिल्ला भ्रमण गरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं फर्केका थिए। ३ दिने भ्रमणको अन्तिम दिन हेटौंडाका कार्यकर्ता भेटेर पौडेल काठमाडौं फर्केका थिए। अब फेरि जिल्ला जाने नयाँ तालिका बनाउने तयारीमा पौडेल छन्। 

    संस्थापन समूहबाट सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि छठलगत्तै केही दिन प्रदेश २ का जिल्लामा हुने कार्यक्रमा जाने भएका छन्। उनले देश २ का जिल्लाका नेता–कार्यकर्ता भेट्ने कार्यक्रम छ। 
    महामन्त्री डा शशांक कोइरालाको भने जिल्ला जाने कुनै कार्यक्रम तत्काल नभएको बताइएको छ। कात्तिक २८ बस्ने केन्द्रीय समिति बैठक र क्षेत्रीय अधिवेशन सकिएपछि उनी जिल्ला जाने तरखरमा छन्।

    महामन्त्रीमा उम्मेदवारी दिने बताएका सहमहामन्त्री डा प्रकाशशण महत पूर्वका जिल्लाको भ्रमण सकेर तिहारअघि काठमाडौं फर्केका छन्। ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लाका कार्यक्रममा सहभागी भएर महत काठमाडौं फर्किएका थिए। 

    सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका नेता प्रकाशमान सिंह पनि महोत्तरी, जनकपुर र चितवनका कार्यकर्ता भेटेर तिहारअघि काठमाडौं फर्केका थिए। सिंहले बाँके र बर्दिया जाने कार्यतालिका तय भइसकेको छ। उनी आज बर्दिया जाने कार्यक्रम छ। त्यसलगत्तै बाँकेका कार्यक्रममा उनी सहभागि हुनेछन्। 

    सिंह लुम्बिनी र कर्णाली प्रदेशका जिल्लाको भ्रमण गरेर फर्कनेछन्। सिंहले विराटनगर र वुटबलका कार्यकर्तासँग दसैं आसपासमा भेट गरेका थिए। सिंह सोमबार सिन्धुली पुगेका थिए।  सिंहसँगै आगामी महाधिवेशनमा महाधिवेशनको उम्मेदवारी दिने बताएका नेता गगन थापा पनि सिन्धुली पुगेका थिए। 

    सभापतिको उम्मेदवारी घोषणा गरेका अर्का नेता डा शेखर कोइरालाले सार्वजनिक कार्यक्रम नगरी कार्यकर्ता भेट्ने कार्यतालिका बनाएका छन्। निश्चित स्थानमा बोलाएर नेता कार्यकर्तालाई भेट्ने उनले कार्यतालिका बनाएका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij