वेबटिभी खबर
काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ९ हजार ६०६ जनाकाे नमुना परीक्षण गर्दा ३०६ जनामा काेराेना भाइरसका नयाँ संक्रमित भेटिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ नमुना पीसीआर परीक्षण गर्दा २९१ जनामा र १५ सय ९८ एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोभिड–१९ पुष्टि भएको हो । यस अवधिमा ३४८ जना कोभिड संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण ६ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेको छ । सक्रिय संक्रमितमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा र ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२२ आइसियूमा र ६७ जना भेन्टिलेटरमा उपचारत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij