Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मोराटाको निर्णायक गोल गरेपछि स्पेन विश्वकपमा छनोट

मोराटाको निर्णायक गोल गरेपछि स्पेन विश्वकपमा छनोट

  • कार्तिक २९, २०७८ सोमवार ०८:०१ बजे
  • 432
    SHARES
  • मोराटाको निर्णायक गोल गरेपछि स्पेन विश्वकपमा छनोट

    काठमाडौं ।  खेलको अन्तिममा वैकल्पिक फरवार्ड अल्भारो मोराटाले निर्णायक गोल गरेपछि स्वीडेनलाई हराउँदै स्पेन अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट गरेको छ ।

    घरेलु मैदानमा स्पेनले स्वीडेनलाई १–० ले पराजित गर्दै विश्वकपमा छनोट हुन सफल भएको हो । पराजित स्वीडेनले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ । 

    ८६औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मोराटाले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई १–० को जित दिलाउँदै विश्वकपमा छनोट गराए । मोराटा ५९औं मिनेटमा पाब्लो सारावियाको स्थानमा मैदान छिरेका थिए । 

    यो जितसँगै स्पेनले समूह ‘बी’ मा ८ खेलबाट १९ अंक जोड्यो । स्वीडेन १५ अंक जोडेर दोस्रो स्थानमा रह्यो । ग्रीस १० अंक जोडेर तेस्रो स्थानमा रह्यो । कोसोभो ५ अंक जोडेर पुछारमा रह्यो । जर्जिया ७ अंकसहित चौथो स्थानमा रह्यो ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप
  • # स्पेन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij