Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतमा कोरोना संक्रमित भन्दा निको हुने धेरै

भारतमा कोरोना संक्रमित भन्दा निको हुने धेरै

  • 392
    SHARES
  • भारतमा कोरोना संक्रमित भन्दा निको हुने धेरै

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ११ हजार ९२६ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण १२५ जनाको निधन भएको छ । यहाँ नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी भएकाले सक्रिय संक्रमितमा पनि कमी आइरहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ३४ हजार ९६ जना रहेको छ । 

    हालसम्म भारतमा ३ करोड ३८ लाखभन्दा बढीले व्यक्तिहरुले कोरोना भाइरसलाई परास्त गर्न सफल भएका छन् । दिनहुँ संक्रमितको संख्यामा कमी आउनुको मुख्य कारकतत्व कोरोनाविरुद्धको खोप रहेको त्यहाँका स्वास्थ्यविज्ञले जनाउँदै आएका छन् । हालसम्म देशभर १ अरब १२ लाखभन्दा बढी कोरोनाविरुद्ध खोपको लगाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij