Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कोरोना संक्रमण बढेमा लकडाउन हुन सक्ने 

कोरोना संक्रमण बढेमा लकडाउन हुन सक्ने 

  • चैत्र ११, २०७७ बुधवार १७:४८ बजे
  • 703
    SHARES
  • कोरोना संक्रमण बढेमा लकडाउन हुन सक्ने 

    काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै जाँदा धेरैमा फेरि लकडाउन हुनसक्ने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर बढेर उच्च हुन गएमा सरकारले अवस्था हेरेर लकडाउन गर्न सक्ने जनाएको छ ।

    संक्रमण रोक्न कडा कदम चाल्नु पर्ने अवस्था आउन सक्ने मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले  बताए । 

    रहरले नभइ बाध्यताले लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो । उनले लकडाउन नहोस् भन्नका लागि सबैले जनस्वास्थ्यका मापदण्डको नियमित पालना गर्न जरुरी रहेको उल्लेख गरे । 

    मन्त्रालले आसन्न होली पर्वमा पनि भीडभाड नगर्न आग्रह गरेको छ । मन्त्रालयले संक्रमणको जोखिम बढेकाले यो वर्ष घरमै बसेर होली मनाउन अपिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना
  • # लकडाउन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij