Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

लकडाउनको एकवर्ष: पर्यटन र होटल व्यावसायीहरू अत्याधिक मारमा [भिडियोसहित] 

लकडाउनको एकवर्ष: पर्यटन र होटल व्यावसायीहरू अत्याधिक मारमा [भिडियोसहित] 

  • 1.2K
    SHARES
  • लकडाउनको एकवर्ष: पर्यटन र होटल व्यावसायीहरू अत्याधिक मारमा [भिडियोसहित] 

    काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गतवर्ष आजकै दिनबाट लकडाउन सुरु गरेको थियो । योबीचमा सबैभन्दा बढी मार होटल र पर्यटन व्यवसायमा परेको छ ।  

    images

    नेपाल पर्यटन बोर्डकाअनुसार आन्तरिक तथा बाह्य उडान ठप्प भएपछि नेपाल भित्रिने पर्यटकको संख्यमा स्वाट्टै घट्यो । होटल एशोशिएशन नेपाल (हान)का अनुसार यो एकवर्षभित्रमा देशभरका करिब २० प्रतिशत होटल व्यावसायी पूर्णरूपमा विस्थापित भएका छन् ।

    सन् २०२० लाई सरकारले भिजिट नेपाल वर्ष मनाउन लागेकाले बढी पर्यटक भित्रिने आशामा व्यावसायीले लगानी बढाएका थिए । तर, कोरोना महामारीका कारण पर्यटक नै नआउने अवस्था भएपछि व्यावसायीको लगानी खेर गएको छ । बैंकको ऋणसँगै ब्याजको मारमा व्यावसायी परेका छन् ।

    छिमेकी मुलुकसँगको सीमाबन्दी र बाह्य हवाई उडान बन्दले पर्यटक आउने सबै बाटो बन्द भएको थियो । जुन अझै पनि आंशिक रुपमा कामय छ । यसले गर्दा विदेशी पर्यटकमा आश्रित सबै व्यावसायलाई ठूलो धक्का पुगेको छ । व्यावसायीहरु टाँट पल्टने अवस्था आएको बताउँछन् । 

    देशकै प्रमुख पर्यटकीय बजार ठमेलमा सञ्चालित विभिन्न परम्परागत वस्तु र चित्रका पसलमा लकडाउन यता दैनिक नगण्य मात्रामा मात्र ग्राहक आउने गरेको ठमेलका क्युरोनियमका सामग्रीका पसले कर्म गुरुङ बताउँछन् ।

    ‘दैनिक पसलमा आउने संख्या एकदमै न्युन छ । हामीलाई भाडा तिर्न पनि गाह्रो भएको छ,’ गुरुङले भने, ‘एक वर्षभरि व्यापारमा घाटा खाएका हामीले सरकारल, घरबेटी र बैंकबाट समेत कुनै सुविधा पाउन सकेनौं ।’

    लकडाउनले देशभरको जनजीवनमा व्यापक असर पार्यो । विशेष गरी दैनिक गुजारा गरी व्यवहार चलाउने वर्गलाई लकडाउनले थप प्रताडित बनायो । हानकाअनुसार काठमाडौं, पोखरा, चितवन, लुम्बिनीसहित देशका सबै जिल्लामा होटल व्यावसाय चल्न नसक्दा व्यावसायी संकटमा परेका छन् । 

    ‘लकडाउनको योबीचमा काठमाडौं र मोफसल सबैतिरको पर्यटन व्यावसाय ठप्प भएकाले होटल व्यावसाय पनि शून्यमा झरेको छ,’ हानका उपाध्यक्ष विनायक शाहले भने, ‘सरकारले यो क्षेत्रका व्यावसायीलाई कुनै पनि छुट नदिनु दुःखद छ । अरु उद्योगलाई सहुलियत दिएजस्तै यो क्षेत्रलाई पनि सरकारले सहुलियत दिनुपर्छ । अहिले व्यावसायीहरु टाट पल्टिने अवस्थामा छन् । सरकारले व्यावसायीलाई सहुलियत र छुट दिनुपर्छ ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology