Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एक महिनामा रुपन्देहीबाट १७ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

एक महिनामा रुपन्देहीबाट १७ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

  • 304
    SHARES
  • एक महिनामा रुपन्देहीबाट १७ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    बुटवल । रुपन्देही प्रहरीले सञ्चालन गरेको सर्च अप्रेशनका क्रममा कात्तिक महिनाभर १७ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटमार्फत ती अभियुक्तहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा १५ जना पुरुष र दुई जना महिला छन्। 

    लागुऔषध नियन्त्रणका लागि रुपन्देही प्रहरीले  सञ्चालन गरेको विशेष अभियान जारी छ। पक्राउ परेका अभियुक्तहरूबाट प्रहरीले ४७ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, एक सय पाँच ट्याब्लेट नाइट्राजेपाम, ड्राइजेपाम २३, फेनारगन २३, नुफिन १३, टालजेसिक २३ ट्याब्लेट बरामद गरेको छ । त्यस्तै, प्रहरीले एउटा मोटरसाइकल र तीन थान मोबाइल समेत बरामद गरेको छ। 

    इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही र प्रहरी चौकी गुलरिया रुपन्देहीबाट खटिएको टोलीले रुपन्देहीको मर्चवारी गाउँपालिका–२ मा लु७८प ५६८५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्ने क्रममा सम्मरीमाई गाउँपालिका–२ मुडिला बस्ने निरज यादवलाई पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले लागुऔषध स्पास्मो २२ क्याप्सुल बरामद गरेको छ भने मोटरसाइकल पछाडि सवार मर्चवारी गाउँपालिका– ५ बस्ने राहुल पाण्डेको साथबाट एक सय पाँच ट्याब्लेट नाइट्राजेपाम फेला पारेको छ। दुवै अभियुक्तलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ।

    त्यस्तै, इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीबाट खटिएको टोलीले जिल्लाको कन्चन गाउँपालिका–४ बस्ने मोहन सुनार र प्रदिप पुनलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरूको सूचनाको आधारमा नरेन्द्र दर्जी पनि पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट नौ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ।

    इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको टोलीले कञ्चन गाउँपालिका– १ सानो उकाली बस्ने सीमाकुमारी श्रीसलाई पनि लागुऔषधसहित पक्रेको छ। उनको साथबाट तीन ग्राम नी सय मिलिग्राम खैरे हेरोइन बरामद गरेको छ। लागुऔषध ब्यूरो शाखा कार्यालय भैरहवाले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ मा भरतपुर महानगरपालिका – १६ बस्ने दिपेन्द्र सुनार र गैंडाकोट नगरपालिका–१ नवलपरासी बस्ने नकुल बिकलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले डाइजेपाम २३, फेनारगन २३, नुफिन १३, टालजेसिक २३ ट्याब्लेट फेला पारी कारवाही थालेको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका- ११ पवित्रनगरमा चेकजाँच गर्ने क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ शिवनगर बस्ने शंकर नेपाली, वडा नम्बर ३ बस्ने केशव गिरी र बुटवल–११ बस्ने दिपक नेपालीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ११ ग्राम ब्राउन सुगर बरामद गरेको छ। 

    इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल–१७ रानीगन्जबाट सोही ठाउँ बस्ने रवि लामालाई पाँच सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। त्यस्तै, बुटवल–२ पाखापानी बस्ने राजु थापा क्षेत्री, बुटवल–११ देवीनगर बस्ने सूर्यप्रसाद ज्ञवालीलाई पनि पक्राउ गरेको छ। उनीहरूको साथबाट एक सय दुई मिलिग्राम ब्राउनसुगर र दुई थान मोबाईल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलकै टोलीले बुटवल–१४ पदमपुर बस्ने निर्मल भारती, नवलपरासीको प्रतापपुर गाउँपालिका–५ बस्ने मोहम्मद अफ्रोज मिया र बुटवल उपमहानगरपालिका–१ बस्ने सम्झना हलुवाईलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २८ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ। 
     

  • सम्बन्धित विषय:

  • # लागूऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij