वेबटिभी खबर
एजेन्सी । मानिस जन्मेको दिन अथार्त जन्मदिन । संसारका व्यक्तिहरूले आफ्नोलगायत आफ्ना प्रिय व्यक्तिहरूको जन्मदिनलाई धुमधामकासाथ मनाउँछन् ।
सधैँ सबैको जन्मदिन याद नहुन पनि सक्छ । तर, विश्वमा एक यस्तो देश पनि छ, जहाँ श्रीमतीको जन्मदिन भुल्दा समस्याको सामना गर्नुपर्छ । यस देशमा श्रीमतीको जन्मदिन बिर्सदा अनौठो कानुन लाग्ने गर्छ । जसलाई थाहा पाएर धेरै व्यक्तिलाई आश्चर्य लाग्नेछ । यहाँ श्रीमतीको जन्मिदिन भुल्दा श्रीमानलाई जेल सजाय हुन सक्छ ।
प्रशान्त महासागरको पलिनेसियन क्षेत्रमा सामोआ भन्ने देश छ । सुन्दरताले भरिपूर्ण यस देशमा अनौठो कानुन व्यवस्थाबारे विश्वभर चर्चा हुने गरेको छ ।
सामोआको कानुन व्यवस्थाले कुनै सानो गल्ती गर्दा पनि श्रीमानलाई जेल पठाउँछ । सामोआको कानुनअनुसार कुनै पुरुषले आफ्नी श्रीमतीको जन्मदिन भुल्दा जरिवाना तिर्नुकासाथै जेल पनि बस्न बाध्य हुनुपर्छ ।
सामोआमा जुन पुरुषले श्रीमतीको जन्मदिन भुल्छन्, तिनलाई पहिलो पटक खबरदारी गरिन्छ । तर बारम्बार त्यही गल्ती दोहोरिए उक्त व्यक्तिलाई जेल सजाय दिइन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij