Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमाले अध्यक्षमा रावलले उम्मेदवारी दिने

एमाले अध्यक्षमा रावलले उम्मेदवारी दिने

  • 492
    SHARES
  • एमाले अध्यक्षमा रावलले उम्मेदवारी दिने

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् ।

    दिउँसो ३ बजे पत्रकार सम्मेलनमा गरेर उम्मेदवारी घोषणा गर्ने रावलका प्रेस सहयोगी एकीन्द्र कुँवरले बताए ।

    दुई साताअघि गृहजिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए ।

    एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए ।

    ९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनले सार्वधिक मतका साथ विजयी भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij