Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गण्डकीमा कांग्रेस क्षेत्रीय अधिवेशन: कास्कीमा आजै मतदान, अन्य जिल्लामा मनोनयन

गण्डकीमा कांग्रेस क्षेत्रीय अधिवेशन: कास्कीमा आजै मतदान, अन्य जिल्लामा मनोनयन

  • 481
    SHARES
  • गण्डकीमा कांग्रेस क्षेत्रीय अधिवेशन: कास्कीमा आजै मतदान, अन्य जिल्लामा मनोनयन

    पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज सोमबार गण्डकीका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ ।  गण्डकीका मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । 

    images

    कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुनेछ । अन्य जिल्लामा भने आज मनोनयन कार्यक्रम राखिएको छ ।

    तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्यानलसहित चुनाव हुनेछ । कास्की १ मा पूर्वमन्त्री यज्ञबहादुर थापा र जिल्ला सभापति कृष्ण केसीका छुट्टाछुट्टै प्यानल छन् । केन्द्रमा यी दुवै  नेता रामचन्द्र पौडेल समूहमा छन् । थापाको टीममा केही सभापति शेरबहादुर देउवा समूहका नेताहरु पनि समेटिएका छन् भने केसीले पूरै आफ्नो मात्रै प्यानल बनाएका छन् ।

    कास्की १ सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्रमणी लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिव र सहसचिवमा ४/४ जनाको उम्मेदवारी परेको छ ।

    २ मा सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोशी प्रतिस्पर्धी बनेका छन् । ३ को सभापतिका तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र कांग्रेस नेता खिमलाल बास्तोला प्रतिस्पर्धामा छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology