Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

खोप लगाइसकेको यात्रा सहज बनाउन नेपाल र भारतबीच प्रमाणपत्र समझदारी

खोप लगाइसकेको यात्रा सहज बनाउन नेपाल र भारतबीच प्रमाणपत्र समझदारी

  • मंसिर ७, २०७८ मंगलवार १९:२० बजे
  • 450
    SHARES
  • खोप लगाइसकेको यात्रा सहज बनाउन नेपाल र भारतबीच प्रमाणपत्र समझदारी

    काठमाडौं । कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको छ । नेपाल र भारतीय स्वास्थ्य मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय दूतावासले जनाएको छ ।

    मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा स्वास्थ्य मन्त्री विरोध खतिवडाको उपस्थितिमा भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्य सचिव डा रोशन पोखरेलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    पूर्ण रुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुनुका साथै भारत र नेपालबीचको कोभिड–१९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुने दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड खोप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij