Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सार्वजनिक स्थानमा होली खेल्न नपाइने

सार्वजनिक स्थानमा होली खेल्न नपाइने

  • चैत्र १३, २०७७ शुक्रवार ०९:१६ बजे
  • 851
    SHARES
  • सार्वजनिक स्थानमा होली खेल्न नपाइने

    काठमाडौं । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रशासनले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयले यसअघि नै कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ ।

    मन्त्रालयले भीडभाड गरेमा प्रहरीले कारबाही गर्ने र सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पनि पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

    गृहको निर्देशनमा स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्ने प्रहरीलाई निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन-०२० अनुसार कारवाही गरिने छ ।

    संक्रामक रोग ऐन-२०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

    होलीको समयमा भीडभाड हुन नदिन मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ समेत लागु गरेको छ । 

  • सम्बन्धित विषय:

  • # होली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij