Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमाले महाधिवेशनको सुरक्षा एआईजी थापाको नेतृत्वमा 

एमाले महाधिवेशनको सुरक्षा एआईजी थापाको नेतृत्वमा 

  • मंसिर ८, २०७८ बुधवार २१:४० बजे
  • 525
    SHARES
  • एमाले महाधिवेशनको सुरक्षा एआईजी थापाको नेतृत्वमा 

    काठमाडौं । चितवनमा हुने नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षाको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (आईजी) सहकुल थापाको नेतृत्वमा हुने भएको छ। प्रहरी प्रधान कार्यालयले एआईजी थापालाई महाधिवेशनको सुरक्षामा खटाउने निर्णय गरेको हो।

    एमालेको दशौं महाधिवेशन मंसिर १० मा शुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको सुरक्षामा नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिनेछन् । सशस्त्र प्रहरीले गण नम्बर–१७ का गणपति दिपक थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । 


    एआईजी सहकुल थापाले मंसिर ९ बाट चितवनमै बसेर महाधिवेशन सुरक्षाको कमाण्ड गर्ने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij