Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

दुई खालको मतपत्र भेटिएपछि रोकियो कांग्रेस खोटाङको मतगणना 

दुई खालको मतपत्र भेटिएपछि रोकियो कांग्रेस खोटाङको मतगणना 

  • 539
    SHARES
  • दुई खालको मतपत्र भेटिएपछि रोकियो कांग्रेस खोटाङको मतगणना 

    खोटाङ । नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो ।

    जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत गणना स्थगित भएको हो ।

    मतपत्रका विषयमा असन्तुष्टि जनाउँदै सर्वधनको समूहले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष निवेदन दर्ता गराएको छ ।  

    १ हजार ३२२ मत खसेकामा १ हजार १०० मत गणना हुँदा सभापतिका उम्मेदवार विष्णुकुमार राईले ८० मतले अग्रता लिएका थिए । पौडेल निकट राईले ५७१ मत पाउँदा देउवा निकट सर्वधनले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij