Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

  • 440
    SHARES
  • निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

    काठमाडौं ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

    images

    संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउनेछन् । कम्पनीले ५० करोड २५ लाख रुपैयाँ बराबरको रकम बोनस शेयर वितरणमा खर्च गर्नेछ ।

    त्यसैगरी, दुई करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ ।  गत वर्ष कम्पनीले १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology