वेबटिभी खबर
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरू र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रबार छलफल भएको छ ।
सर्वाेच्च अदालतमा बार एसाेसियशनले जारी राखेकाे निरन्तरकाे आन्दोलनका विषायमा छलफल गर्न देउवाले कानुन व्यावसायीहरूलाई डाकेका हुन् । देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाइएकाे श्रेष्ठले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानुन व्यवसायीहरू सहभागी छन्
आन्दोलनका कारणा लामो समयदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरूले पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।
कानुन व्यवसायीले प्रधानमन्त्रीलाई भने- प्रधानन्यायाधीशको बहिर्गमन हुनैपर्छ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij