Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

फिडेल क्यास्ट्रोबारे चार रोचक तथ्य

फिडेल क्यास्ट्रोबारे चार रोचक तथ्य

  • 475
    SHARES
  • फिडेल क्यास्ट्रोबारे चार रोचक तथ्य

    नोभेम्बर महिना क्युबाका लागि एउटा विशेष महिना हो । यही महिनामा क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको थियो । विश्व कम्युनिस्ट क्रान्तिका नायक क्यास्ट्रोको सन् २०१६ को २६ नोभेम्बरमा ९० वर्षको उमेरमा निधन भएको थियो । प्रस्तुत छ २० औं शताब्दीका उनै महान् राजनीतिज्ञ फिडेल क्यास्ट्रोबारे केही रोचक तथ्य :

    images

    हावानाबाट कानुनमा स्नातक

    क्यास्ट्रोको जन्म १३ अगस्ट १९२६ मा एउटा गाउँमा सामान्य परिवारमा भएको थियो । गाउँकै एउटा विद्यालयमा अध्ययन गरेका उनले युनिर्भसिटी अफ हवानाबाट कानुनमा स्नातक र समाजिक विज्ञानमा स्नातकोत्तर गरेका थिए । पाँच पत्नीका तर्फबाट उनका ९ सन्तान छन् ।
     
    सबैभन्दा बढी शासन गर्ने तेस्रो व्यक्ति

    क्यास्ट्रोेले ५० वर्षसम्म क्युबाको नेतृत्व सम्हालेका थिए । उनी सन् १९५९ देखि १९७६ सम्म प्रधानमन्त्री र १९७६ देखि २००८ सम्म राष्ट्रपति बनेका थिए । सन् २०११ को अप्रिल १९ मा फिडेलले राजीनामा दिएपछि उनकै भाई राहुल क्यास्ट्रोे पार्टी नेता बनेका थिए ।

    उनी बेलायतकी महारानी एलिजाबेथ द्धितीय र थाइल्यान्डका राजापछि विश्वमै सबैभन्दा बढी शासन गर्ने नेता हुन् । सन् २००८ मा आफ्ना सम्पूर्ण अधिकार भाइलाई राहुल क्यास्ट्रोेलाई हस्तान्तरण गरेका थिए । आफ्नो कार्यकालमा उनी अमेरिकाका ९ ओटा राष्ट्रपतिका शासनकालका साक्षी बने ।

    नायक र खलनायक

    फिडेल क्यास्ट्रो नायक र खलनायक दुबै रुपमा चिनिन्छन् । समर्थकका लागि क्यास्ट्रो विश्व कम्युनिस्ट क्रान्तिका महान व्यक्ति हुन्, जसले आफ्ना शासनकालमा धेरै महत्वपूर्ण कार्य गरे । तर, विरोधीका नजरमा उनी खलनायक हुन् । उनीमाथि मानवअधिकार उल्लंधन, विरोधीलाई चरम यातना दिएको संगीन आरोप लाग्दै आएको छ ।

    उनले आफ्नो शासनकालमा ५०० भन्दा बढीलाई मृत्युदण्ड दिएका थिए । त्यस्तै, आफ्ना विरोधीको आवाज दबाउन उनले केही पत्रिकाको प्रकाशन बन्द गरेका थिए । समलिंगीलाई शैक्षिक शिविरमा पठाएका थिए ।

    सयौं षडयन्त्रबाट जोगिएका थिए फिडेल

    फिडेल क्यास्ट्रो अमेरिकाको एक नम्बर शत्रु बनेका थिए । संसारबाटै कम्युनिष्ट शासन अन्त्य हुँदा क्यास्ट्रोले आफ्नो मुख्य दुश्मन अमेरिकाकै नाकअगाडि लाल झन्डा फर्फराएका थिए । अमेरिकी गुप्तचर निकायले उनको हत्या गर्न अनगिन्ति प्रयास गरेको थियो ।

    चुरोटमा विष मिसाउनेदेखि उनले लेख्ने कलममा बम मिसाउने समेतका षडयन्त्र भएका थिए । फिडेल आफूमाथि भएका ६३४ ओटा हत्या षडयन्त्रबाट बचेको दाबी गरेका थिए ।

    सबै षडयन्त्र अमेरिका र क्युबाबाट देश निकाला गरिएका समूहबाट भएका थिए । अमेरिकाले उनले लगाउने लुगामा रसायनिक पर्दाथ मिसाउनेदेखि उनको लोकप्रियता गिराउन दाह्री झार्ने पाउडरसमेत तयार गरेको थियो ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology