Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सर्लाहीको बरहथवामा दुई बच्चासहित आमा मृत फेला

सर्लाहीको बरहथवामा दुई बच्चासहित आमा मृत फेला

  • 801
    SHARES
  • सर्लाहीको बरहथवामा दुई बच्चासहित आमा मृत फेला

    सर्लाही । सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत फेला परेकी छन् । 

    images

    बरहथवा नगरपालिका-१, स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५/२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेका हुन् ।

    महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुडाथोकीले जानकारी दिए । 

    बिहान सवेरै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याएको छ । 

    श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 

    एकै परिवारका तीन जना मृत फेला परेपछि नयाँ बजार क्षेत्र यतिवेला शोकमा डुबेको छ । पोष्टमार्टक रिपोर्टपछि मात्र घटनाका विषयमा भन्न सकिने प्रहरीको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology