Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

एमाले महाधिवेशन : १९ पदाधिकारीका लागि यी हुन् प्रस्तावित नाम 

एमाले महाधिवेशन : १९ पदाधिकारीका लागि यी हुन् प्रस्तावित नाम 

  • 466
    SHARES
  • एमाले महाधिवेशन : १९ पदाधिकारीका लागि यी हुन् प्रस्तावित नाम 

    काठमाडौं । नेकपा (एमाले) को सौराहामा जारी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन् ।

    images

    पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल छन् । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ  र  विष्णु पौडेललाई प्रस्ताव गरिएको छ ।

    त्यस्तै महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई छन् ।

    ओलीले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology