Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

किन बढ्यो डढेलो ?

किन बढ्यो डढेलो ?

  • 447
    SHARES
  • किन बढ्यो डढेलो ?

    सिड्नी । जलवायु परिवर्तनका कारण जंगलमा डढेलोका घटना तीव्र वृद्धि भएको एउटा अनुसन्धानले देखाएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सीएसआइआरओले गरेको अनुसन्धानमा पछिल्ला तीन दशकमा जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा वृद्धि भएको देखाएको हो । 

    नेचर कम्युनिकेसनमा प्रकाशित सो अध्ययनले यसअघि भएका डढेलोका विभिन्न आठ ओटा क्षेत्रको विश्लेषण गरेको थियो । डढेलोको मौसम लम्बिएको र जंगलको आगो तसमानियाको दक्षिणी टापुको जंगलमा मात्र सीमित नभएर देशको उत्तरपश्चिमस्थित क्विन्सल्यान्डको उष्ण क्षेत्रमा पनि फैलिएको जनाइएको छ ।

    ‘हामीले डढेलो लागेका आठ ठाउँको अध्ययन गरेका छौं’, डढेलोको मुख्य कारक जलवायु परिवर्तन देखिएको छ,’ सीएसआइआरओका वैज्ञानिक पेप क्यान्डेलले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij