काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन। नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार राति ९ बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु हुन नसकेको हो।
अध्यक्ष, उपाध्यक्षसहित विभिन्न पदमा राति ९ बजेदेखि १ बजेसम्म हुने बताइएको थियो। तर, उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदान समयमै सुरु गर्न समस्या भएको हो। केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको जनाइएको छ।
एमालेको महाधिवेशन १२ गते सक्ने भनिए पनि अध्यक्ष ओलीको सर्वसम्मतिको प्रयासका कारण दुई दिन पर धकेलिएको हो। एमालेको नेतृत्व चयनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले प्रतिस्पर्धा गरिरहेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij