Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लमजुङका उपभोक्तालाई प्राधिकरणबाट विद्युत् दिन्छौंः मन्त्री भुसाल

लमजुङका उपभोक्तालाई प्राधिकरणबाट विद्युत् दिन्छौंः मन्त्री भुसाल

  • मंसिर १३, २०७८ सोमवार २१:४२ बजे
  • 518
    SHARES
  • लमजुङका उपभोक्तालाई प्राधिकरणबाट विद्युत् दिन्छौंः मन्त्री भुसाल

    लमजुङ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लमजुङमा उपभोक्ता समितिबाट वितरण भइरहेको विद्युत् एक महिनाभित्र प्राधिकरणबाट वितरण गरिने बताएकी छन् । 

    सोमबार नेकपा माओवादी केन्द्र मर्स्याङ्दी गाउँ कमिटीको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री भुसालले लमजुङे जनताको माग बमोजिम उपभोक्ता समिति खारेज गरी प्राधिकरणबाट विद्युत् वितरण गर्न लागिएको बताइन् ।

    ‘अब एक महिनाभित्र केन्द्रीय प्रसारण लाइनबाट विद्युत् दिनेछौ । बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्छौ । संरचनाहरू सुधार गर्छौ,’ मन्त्री भुसालले भनिन् । मन्त्री भुसालले आफ्नो देशबाट उत्पादित जल ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताइन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij