Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

'ओमिक्रोन भेरिअन्ट'को विश्वभरि नै उच्च जोखिम, खोपको प्रभावबारे अध्ययन जारी : डब्लुएचओ

'ओमिक्रोन भेरिअन्ट'को विश्वभरि नै उच्च जोखिम, खोपको प्रभावबारे अध्ययन जारी : डब्लुएचओ

  • 734
    SHARES
  • 'ओमिक्रोन भेरिअन्ट'को विश्वभरि नै उच्च जोखिम, खोपको प्रभावबारे अध्ययन जारी : डब्लुएचओ

    काठमाडौं । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले चेतावनी दिएको छ।

    यद्यपी, नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छरछैन, पुनस् सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन बैज्ञानिकहरुले अध्ययन गरिरहेको डब्लुएचओले जनाएको छ । 

    डब्लुएचओ सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले विश्वका केही क्षेत्रमा नयाँ भेरियन्टले गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएका हुन् । 

    नयाँ भेरिअन्टका कारण कसैको ज्यान गएको भन्ने अहिलेसम्म नपाइएको उनले बताए।

    यो नयाँ भेरिअन्ट युके, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डस्‌लगायत थुप्रै देशमा देखिइसकेको छ।

    नयाँ भेरिअन्ट देखापरेपछि अमेरिका, युके र युरोपेली संघले दक्षिण अफ्रिकी देशहरूका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij