वेबटिभी खबर
काठमाडौं । चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्धारित समयभन्दा ७ घण्टा ढिला गरी सुरु भएको मतदान जारी छ ।
महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए ।
अहिले पनि मतदाताहरू मतदानका लागि लामबद्ध छन् । मतदानको लागि समय थप्ने तयारी भइरहेको छ ।






Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij