Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

माओवादी नेता नारायणकाजी श्रेष्ठ आज महोत्तरी आउँदै

माओवादी नेता नारायणकाजी श्रेष्ठ आज महोत्तरी आउँदै

  • 674
    SHARES
  • माओवादी नेता नारायणकाजी श्रेष्ठ आज महोत्तरी आउँदै

    महोत्तरी । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ आज मंगलबार महाेत्तरी आउँदैछन् । माओवादी केन्द्र रामगोपालपुरको पालिका अधिवेशनका लागि उनी यहाँ आउन लागेका हुन् । 

    images

    महोत्तरीका १५ पालिकामध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेकाे छ । १३८ वडामध्ये १३० वडामा अधिवेशन भइसकेकाे छ ।

    बाँकी वडा र पालिकामा पनि सर्वसम्मत रुपमा नेतृत्व टुंग्याउने प्रयास भइरहेको माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुंगानाले जानकारी दिए ।

    नेता श्रेष्ठ कतिपय पालिका अधिवेशनकाे बन्दसत्रमा समेत सहभागी हुने कार्याक्रम छ । जलेश्वर नगरपालिकामा आज हुने अधिवेशनमासमेत नेता श्रेष्ठ सहभागी हुने माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले बताए ।

    २० मंसिरभित्र पालिका अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य माओवादी केन्द्र महोत्तरीले लिएकाे छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology