Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रधानन्यायाधीश जबरा अस्पतालमा, सर्वाेच्चमा प्रदर्शन

प्रधानन्यायाधीश जबरा अस्पतालमा, सर्वाेच्चमा प्रदर्शन

  • 473
    SHARES
  • प्रधानन्यायाधीश जबरा अस्पतालमा, सर्वाेच्चमा प्रदर्शन

    काठमाडौं । कोभिड-१९ निमोनिया देखिएपछि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । प्रधानन्यायाधीश जबरालाई सोमबार नै काेभिड-१९ संक्रमण पुष्टि भएको थियो ।

    यता नेपाल बारको अगुवाइमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ । न्यायलयमा भ्रष्टाचार व्याप्त पारेको भन्दै बारले निरन्तर सवोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ ।

    बारले मंगलबार सर्वोच्चमा शान्तिपूर्ण धर्ना दिएको हो । धर्नापछि बारमा आयोजित सभामा बारका महासचिव लिलामणि पौडेलले सर्वोच्चमा मंसिर १५ गतेदेखि लागू हुन लागेको गोलाप्रथाको स्वागत गरे ।

    उनले जिल्ला र उच्च अदालतमा गोलाप्रथा लागू नभएकाले सो स्थानमा कालोपट्टी बाधेर काम गर्ने बताए । पौडेलले प्रधानन्यायधीश गोला प्रथामा सहभागी भए उनको इजलासमा बहस नगर्न अनुरोध गरे । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij