Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भीम रावलको प्रतिक्रिया– जबजको मर्म कार्यान्वयन गर्न महाधिवेशन असफल 

भीम रावलको प्रतिक्रिया– जबजको मर्म कार्यान्वयन गर्न महाधिवेशन असफल 

  • मंसिर १४, २०७८ मंगलवार २०:५२ बजे
  • 651
    SHARES
  • भीम रावलको प्रतिक्रिया– जबजको मर्म कार्यान्वयन गर्न महाधिवेशन असफल 

    काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएका भीम रावलले १०औं महाधिवेशन जबजको मर्म कार्यान्वयन गर्न असफल भएको प्रतिक्रिया दिएका छन्। निर्वाचितहरूको सपथग्रहण कार्यक्रममा सहभागी भएर बन्दसत्रस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रावलले महाधिवेशनले विधान र जबजलाई सम्बोधन नगरेको बताएका हुन्। 

    ‘समग्रमा यो महाधिवेशनले जबज र विधान महाधिवेशनका विषयलाई सम्बोधन गरेन। व्यवस्थापन पनि सहज भएन,’ रावलले भने, ‘यद्यपि महाधिवेशन सकिएको छ। यसका विविध विषयमा काठमाडौं गएपछि समिक्षा गर्नेछु।’ 

    आफूले निर्वाचन परिणामलाई सहज रूपमा लिएको रावलको प्रतिक्रिया छ। निर्वाचन प्रक्रिया र त्यसमा प्राप्त भएको मतलाई आफूले उठाएका विषयको सन्देश प्रवाह गर्न सफल भएको भन्दै उनले सन्तोष व्यक्त गरे। 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij