Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मुख्यमन्त्री राउत झाडु बोकेर सरसफाईमा

मुख्यमन्त्री राउत झाडु बोकेर सरसफाईमा

  • 768
    SHARES
  • मुख्यमन्त्री राउत झाडु बोकेर सरसफाईमा

    जनकपुरधाम । जनकपुरमा २२ मंसिरदेखि आयोजन हुन लागेको रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत् सरसफाइ अभियान सुरु भएको छ ।

    बुधबार बिहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्रबिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ । जनकपुरधाम उपमहनगरपालिकाको अगुवाइमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत झाडु बोकेर सरसफाईमा उत्रिएका थिए ।

    कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी, उपमहानगरपालिका कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारी तथा सुरक्षाकर्मीहरू सहभागी थिए ।

    विवाह पञ्चमीमा स्वदेश तथा विदेशबाट समेत श्रद्धालु भक्जनक्तजनहरू आउने भएकाले सरसफाइमा जोड दिएको हो । केही दिनअघि सरसफाइ कर्मचारी र केही वडाअध्यक्षबीच विवाद भएपछि नियमित सरसफाइ रोकिएको थियो ।

    कर्मचारीहरू सरसफाई रोकेर आन्दोलनमा उत्रेपछि जनकपुर दुर्गन्धित बनेको थियो । मेयर साहलगायत केही वडाध्यक्षले पछि काममा फर्कन आग्रह गरेपछि सोमबारदेखि कर्मचारीले काम थालेको हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij