Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

लोकगीतकाे क्षेत्र पहिलेभन्दा फराकिलो भएको छः मेक्सम खाती क्षेत्री

लोकगीतकाे क्षेत्र पहिलेभन्दा फराकिलो भएको छः मेक्सम खाती क्षेत्री

  • 459
    SHARES
  • लोकगीतकाे क्षेत्र पहिलेभन्दा फराकिलो भएको छः मेक्सम खाती क्षेत्री

    दाङमा जन्मिएका मेक्सम खाती क्षेत्रीलाई सानै उमेरदेखि सांगीतिक क्षेत्रमा रुचि थियो । काठमाडौंमा अध्ययनका क्रममा उनले यो क्षेत्रलाई अझ नजिकबाट बुझ्न पाए र थप क्रियाशील भए । ०६८ सालमा उनको ‘मेरी सानी कहाँ छ्यौ’ गीतले निक्कै लोकप्रियता हासिल गरेको थियो । हालै ‘मेरो छोरा’ बोलको लोकगीत सार्वजनिक गरेका उनी लोकगीत क्षेत्रलाई चर्चाको आँखाबाट मात्र हेर्नुभन्दा यसक्षेत्रमा लागेका सबैले वास्तविक साधनाका साथ प्रयासरत हुनुपर्ने मान्यता राख्छन् । उनै क्षेत्रीसँग वेबटिभी खबरले गरेको कुराकानी:

    तपाईं यो क्षेत्रमा कसरी आर्कषित हुनुभयो ?

    यो मेरो सानैदेखिको सपना हो । सानोमा हाम्रो पालामा अटो डायरी लेखिन्थ्यो । अटोमा आफ्नो रुचि नै वरिष्ठ गायक बन्छु भनेर लेख्थें ।

    त्यसबेला मैले सोचिसकेको थिएँ म एकदिन गायक बन्छु भनेर । मेरो रुचिलाई देखेर स्कूल, जिल्लाहुँदै मेरो आफन्त, साथीभाई र शिक्षकले हौसला दिनुभयो ।

    यस क्षेत्रमा तिमीले केही गर्न सक्छौं भनेर धेरैले अगाडी बढ्न अभिप्रेरित गरेर म यहाँसम्म आइपुगेको हुँ । 

    अहिलेसम्म कति वटा गीत रेर्कडिङ गराउनु भएको छ ? मोडलिङ नि गर्दै हुनुहुन्छ, दर्शकबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 

    अहिलेसम्म कति गीत रेर्कडिङ् गराए ठ्याक्कै हेक्का छैन । करिब दुई सयसम्म पुग्यो होला । मोड्लिङको बाटो भर्खर हिँड्दैछु । दर्शकहरूले मन पराइदिनु भएकोे छ । खुसी लाग्छ ।

    ‘मेरी सानु कहाँ छौ’ बोलको गीत धेरैैले रुचाए, खासमा यो गीत रुचाइनुको कारण के होलाजस्तो तपाईंलाई लाग्छ ? 

    यो खास प्रेमीप्रेमीकाको बारेमा बोल्ने गीत हो । माया मिश्रित गीतहरु सबै राम्रै हुन्छन् । तर यस गीतले मायाका साथै मायामा बिछोेड, एकअर्कादेखि टाढा हुँदाको पीडा दर्शाएको छ ।
    कहिले कुनै व्यक्तिसँग नजिक भइन्छ । त्यसपछि रहर वा बाध्यताले त्यो मान्छेसँग टाढा भएको अवस्था यो गीतमा देखिन्छ । यो गीत धेरैकोे जीवनसँग मेल खाएर पनि होला धेरैले रुचाउनु भएको जस्तो लाग्छ ।

    'मेरी सानु कहाँ छाै' बाहेक अरु कुन-कुन गीत दर्शकले रुचाउनु भयो ? 

    आफूलाई आफ्नो सबै गीत राम्रै नै लाग्छन् । दर्शकहरू ले मन पराएका गीतहरु सानु कहाँ छौ, रसिलो छ बोली, रुँदैरुँदै तिम्रो सहर, मेरी छोरी, पुकुली मायालगायत पछिल्लोे समय मेरो छोेरा छन् । जे होस् दर्शकले धेरै माया गर्नुभएको छ । 

    webmek12.jpg

    श्रोताले कुन गीत मन पराउँछन् कुन मन पराउँदैनन् भनेर पूर्वनिर्धारण गर्न गायकका हकमा कत्तिको गाह्रो हन्छ ? 

    यो एकदम गाह्रो काम हुन्छ । मुख्य चुतौतीको विषय नै यहि हुन्छ । बजारका के चल्छ, कतिबेला कुन ट्रेन्ड चल्छ थाहै हुन्न । पछिल्लो समयमा मेरी छोरी गति गर्दा रिस्क थियोे । सुन्नेले राम्रै भन्लान् तर राम्रै कमाउँला सोचेको थिएनौं ।

    मायाप्रेमका गीतमा दशर्कले तुरुन्तै प्रतिक्रिया दिन्छन् । तर यो गीतमा आशा थिएन । तर गीतले राम्रै दर्शक पायो र व्यापार नि राम्रो गर्यो । छनोट गर्न एकदम कठिन हुन्छ । म त समयमा भर पर्छ भन्छु । कतिपय गीतहरु राम्रा भएर नि सोचेजति चल्दैैनन् । कोही सामान्य भएपनि चलिरहेका हुन्छन् ।

    मेनुअल र डिजिटलहुँदै अहिले प्रविधिमा विकास भएको छ । यो परिवर्तनलाई तपाईं कसरी हेर्नुहुन्छ ?

    प्रविधिको विकाससँगै विकृति त पनि आएको छ । पहिलेको जति अहिलेको समयमा मेहनत गर्नु पर्दैन । पहिलेको समयमा धेरै व्यक्तिले विभिन्न ठाँउमा धाउँदा पनि सोचेजस्तो सफलता हात पार्न मुस्किल हुन्थ्यो । तर आजभोली कसैसँग प्रतिभा छ भने एउटा बन्द कोठाभित्रैबाट मोबाइलमा रेर्कड गरेर युट्युब वा अन्य कुनै सामाजिक सञ्जालमा राख्नेवित्तिकै उसले राम्रो अवसर पाउन सक्ने अवस्था छ । 

    प्रविधिको परिवर्तनले कलाकारको वरिष्ठताको मानकमा परिवर्तन ल्याएजस्तो लाग्छ ?

    म वरिष्ठ बन्छु भनेर बनिने कुरा होइन । यस क्षेत्रमै निरन्तर काम गरेपछि दर्शकले रुचाएपछि उहाँहरुले दिने ट्याग हो । कामको मुल्यांकन गरेर भनिने वा प्राप्त गरिने कुरा हो । यसको लागि धेरै मेहनत गर्नुपर्छ । आफूमा प्रतिभा भएको मान्छे चल्नभन्दा पनि सधैं यही क्षेत्रमा टिकिराख्ने कुरा महत्वपूर्ण हुन्छ । यस क्षेत्रमा सबै जनासँग समधुर सम्बन्ध बनाइराख्न एकदम जरूरी छ । अहिले दर्शम, स्रोताले नै जज् गर्नसक्ने अवस्था छ, जस्तै युट्युबमा गीत अपलोेड गर्दा लाइक र डिस्लाइक गर्न मिल्ने अप्सन छ । हामीले त्यहींबाट देख्न सक्छौं राम्रो नराम्रो दर्शकले नै छ्ट्याउनु हुन्छ ।

    यस क्षेत्रमा हुँदा मन मिल्ने र मन नमिल्ने मान्छे कति भेट्नु भयो ?

    मान्छेअनुसार स्वभाव फरक हुन्छ । सबै क्षेत्रमा आफूलाई साथ दिने र नदिने भेटिन सक्छन् । तर मलाई लाग्छ यो सब आफूमा भर पर्ने कुरा होे । यदि हामी कसैलाई नराम्रो देख्छौं भने आफैंमा केही कमजोरी छ भन्ने सोच्नुपर्छ । किनभने हामीलाई नराम्रो लागेको मान्छे फेरि कसैलाई राम्रो लागिराखेको हुनसक्छ  । त्यसैले आफूमा भर पर्छ । सबैले एक आपसमा मिलेर अगाडी बढ्नुपर्छ । 

    सांगीतिक क्षेत्रमा कलाकारबीच पक्षधरता वा गुट छ कि छैन ? यदि छ भने यसले नेपाली संगीतिक क्षेत्रलाई कस्तो प्रभाव वा असर पारेको छ ?

    मेरो आफ्नोे अनुभवमा यस्तो व्यवहारको सामना गर्नु परेको छैन । नयाँ पुराना सबै पुस्ताका व्यक्तिसँग काम गर्ने मौका पाएको छु । मलाई कहिले भेदभावको महशुस भएन । कुनै पनि काम गर्ने क्षेत्रमा भेदभावजन्य व्यवहार भयो भने काम गर्ने वातावरणमा असर पर्छ जस्तो लाग्छ मलाई ।

    तपाईंहरू दाजु-भाइको साथलाई धेरैले रुचाउनु भएको छ । यस्तोे सौहार्दपूर्ण व्यवहारलाई जोगाइराख्नुको आधार के हो ?

    हाम्रो कार्यक्षेत्र एउटै भएको कारणले सौहार्दपूर्ण वातावरण सिर्जना भएको हुनसक्छ । दाइको फरकक्षेत्र र म फरक कार्यक्षेत्रमा भए एकअर्कासँग धेरैै चासो राखिँदैन थियो होला ।
    तर कार्यक्षेत्र एउटै छ । मेरो नजिकको साथी भनेकैै दाइ हुन् । दाइले गीत लेख्ने बेलादेखि म दाइसँगै हुन्छु । दाइले गीत बनाई सकेपछि गीत गाएर सुनाउ भन्नुहुन्छ । खासमा हामी एकअर्काका परिपूरक जस्तै छौं । 

    webtvmeksam.jpg

    लोकसंगीत क्षेत्रमा मोडलिङ्ग गर्नेको कमी भएर तपाई मोडलिङ्गमा आउनु भएको हो ?

    मोडलिङ्ग गर्ने धेरै व्यक्ति हुनुहुन्छ । कलाकारिताको योे विधाभित्र म पनि पर्छु । मोडलिङ्ग गर्ने पहिले रहर भए पनि मेरो शारीरिक वनावट क्यामेरामा फिट हुने किसिमको थिएन ।तर अहिले म उमेरसँगै शारीरिक रूपमा परिपक्व भइसकेकाले यो क्षेत्रमा आएकोे हुँ । गायनमा मात्र सीमित नभई यतातिर पनि आफूले गर्नसक्ने भएपछि गर्छु भन्ने लाग्यो ।

    लोकदोहोरीको क्षेत्र अहिले कस्तो अवस्थामा पाउनुहुन्छ ? यस क्षेत्रमा देखिएका विसंगतिलाई कसरी हेर्नुहुन्छ ?

    लोक-दोहोरी क्षेत्र पहिलेको भन्दा फराकिलो भएको छ । पहिले लोककदोहोरीमा युवा अवस्थाकालाई कम देख्थ्याैं । तर अहिले युवाहरूको आकर्षण बढीरहेको छ । सामाजिक सञ्जालको कारणले दर्शकहरू बढेका छन् । विकाससँगै विकृति पनि आउँछ जस्तो मैले ठानेको छु ।

    नेपालमा बस्नेभन्दा प्रवासमा रहेका नेपालीले लोकगीतलाई बढी रुचाउनुहुन्छ भन्ने सुनिन्छ, यसको कारण के होला ?

    मलाई विदेशबाट फोन वा मेसेजमा नेपालमा हुँदा लोकगीत सुन्दिन थिएँ, विदेश आएर सुन्नथालेँ भन्नुहुन्छ । अरू विधाको गीतहरूको प्यास हिन्दी, अंग्रेजीलगायत गीतमा भेटिन्छ । तर लोकगीतमा पाइने नेपाली मौलिकता अरु गीतमा पाइँदैन । सायद यसैको कारण होला । ठाडी भाका, सालेजो कौडा, पूर्वको मारुनी, देउडा, झाम्रे अरु कुनै गीतमा पाइँदैन ।
    नेपालमा हुँदा खासै मतलब नहुने तर बाहिर गइसकेपछि आफ्नोपन झल्किने भएर धेरैले रुचाउनु हुन्छ ।

    अन्तिममा अगामी यात्रा, योजना के छ ?

    म यस क्षेत्रमा लागेको दश वर्ष भइसकेको छ । आगामी योजना हिजोभन्दा आज कसरी राम्रो बनाउने भन्ने प्रयास जारी छ । श्रोताले कस्तो प्रकारको गीत रुचाउँछन् त्यही अनुरुप गीतसंगीत बनाउने प्रयासमा छौं । हिजोकोे दिनदेखि दर्शकले माया गर्दिनु भएको छ । आगामी दिनमा पनि दर्शकबाट यस्तै माया र साथको अपेक्षा राखेको छु ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology