Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हेदाङ्नाबाट अवैध काठ बरामद

हेदाङ्नाबाट अवैध काठ बरामद

  • मंसिर १६, २०७८ बिहिवार २१:१३ बजे
  • 564
    SHARES
  • हेदाङ्नाबाट अवैध काठ बरामद

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३  हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ ।

    इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । 

    किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी बताए । मंगलबार किमाथाङ्का बाट खाँदबारी आउँदै गरेको ट्याक्टरबाट १ सय ४१ थान (८६.५ किबी) काठ बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्याक्टर र चालक मकालु गाउँपालिकाका सुरज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको प्रहरीले  जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # काठ बरामद
  • # संखुवासभा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij