Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने

भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने

  • 566
    SHARES
  • भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने

    भक्तपुर । भक्तपुरका स्थानीय तहमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । चारवटा स्थानीय तह रहेको भक्तपुरमा पहिलो र दोस्रो चरण गरी दुई चरणमा नामावली संकलन हुनेछ । जिल्ला निर्वाचन कार्यालय कार्यालयका अनुसार पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाका केन्द्रहरुमा नामावली संकलन हुनेछ ।

    सूर्यविनायक नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन हुनेछ । तर भक्तपुर नगरपालिकामा जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  पहिलो चरणमा आजदेखि १५ दिनसम्म सञ्चालन हुने छ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा वा मतदाता नामावली सार्नु परेमा  जिल्ला निर्वाचन कार्यालयबाट गरिनेछ ।

    मतदाता नामावलीमा नाम समावेश गर्न नागरिकताको सक्कलसँगै छायाँप्रति र नागरिकतामा स्थाई ठेगाना अन्य जिल्लाको भएमा बसाई सराइ प्रमाणपत्र वा विवाह भई आएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ । भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता छन् । 

    भक्तपुरमा ७७ मतदान स्थल र २१५ मतदान केन्द्र छन् । स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा ५६ हजार ५२६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६९२, मध्यपुर थिमि नगरपालिकामा ४० हजार ९४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij