Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सर्वाधिक मतका साथ वीरेन्द्र बने कान्छा मोरङ कांग्रेस जिल्ला सदस्य

सर्वाधिक मतका साथ वीरेन्द्र बने कान्छा मोरङ कांग्रेस जिल्ला सदस्य

  • मंसिर १७, २०७८ शुक्रवार २०:४८ बजे
  • 578
    SHARES
  • सर्वाधिक मतका साथ वीरेन्द्र बने कान्छा मोरङ कांग्रेस जिल्ला सदस्य

    मोरङ । नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् । सबैभन्दा कान्छा उम्मेदवार २४ वर्षीय शाह अत्यधिक १३१२ मत ल्याएर विजयी भएका हुन् ।

    समाजसेवासँगै राजनीतिमा होमिएका शाहलाई केही नेताहरूले बच्चै छस् भन्दै उम्मेदवारी नहाल्न भनिएको थियो । तर, राजनीतिमा लागेर केही गर्ने  चाहाना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए ।

    शाहले जितसँगै खुसी प्रकट गर्दै  भने, ‘मेरो अझै धेरै सामाजिक उत्तरदायित्व बढेको छ । पदको सही सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्नेछु । उम्मेदवारी दिँदा मैले प्रस्ताव र समर्थकसमेत भेटेको थिइन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij