Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? 

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? 

  • 1.2K
    SHARES
  • होलीमा छालाको सुरक्षा कसरी गर्ने ? 

    काठमाडौं । होली रंगहरूको पर्व हो । होलीमा आफन्त, साथीभाई मिलेर एकअर्कालाई रंग लगाएर खुसी साट्ने गर्छन् । होली सुरक्षित भएर खेल्न जरुरी हुन्छ । होलीमा हाम्रो छाला, कपाल, आँखालाई विशेष ध्यान दिनुपर्छ  । 

    केमिकल मिसावट भएको रंगले हाम्रो छालामा चिलाउने, एक्जिमा तथा एलर्जी गराउन सक्छ । रंगको कारणले कपाल झर्ने समस्या पनि हुन सक्छ । कपाल तुरुन्तै झर्ने नहुन सक्छ । तर होली खेलेको दुई वा तीन हप्तामा कपाल धेरै झर्ने समस्या भएपछि रंगको कारणले भएको हुन सक्छ भन्ने बुझ्नुपर्छ । 

    कोही मानिसलाई रंगबाट एलर्जी हुन सक्छ । एलर्जी भएको ठाँउमा चिलाउने तथा दाद जस्तो देखिने हुन्छ । जसको कारण छालामा असर पर्न सक्छ । होली खेल्नुपूर्व निम्न कुरामा ध्यान दिनुपर्छ ।

    तेलको प्रयोगः होली खेल्न जानुपूर्व नरिवलको तेल, मोस्चराइजरको प्रयोग गर्नुपर्छ । तेल लगाउँदा अनुहार, कपाल, कान र कानको पछाडीको भागमा लगाउनु पर्छ ।

    सनब्लक क्रिमको प्रयोगः दिनभरी घाममा होली खेल्दा घामको किरणले छालालाई प्रभाव पारिरहेको हुन्छ । छालालाई जोगाउन सनब्लक क्रिम एसपिएफ ३० को लोसन बेसको लगाउनु पर्छ । 

    कटनको कपडाको प्रयोग गर्नेः हामीले होली खेल्दा कटनको कपडा लगाउनु पर्छ । हामीले शरीरलाई पूर्णरूपमा ढाक्ने कपडाको बढी प्रयोग गनुपर्छ ।
     
    सनग्लासेसको प्रयोगः होली खेल्दा रंगका साथै पानी सिधा आँखामा पर्ने सम्भावना हुन्छ । जसको कारण हाम्रो आँखाभित्र हुने कर्निया (आँखाको नानीलाई बचावट गर्ने) मा समस्या उत्पन्न सक्छ ।  यस्ता समस्याबाट बच्न हामीले सनग्लासेसको प्रयोग गर्नुपर्छ । होली खेलिसकेपछि आँखालाई सफा पानीले धुनुपर्छ । 

    होली खेलिसकेपछि निम्न कुरामा ध्यान दिने

    होली खेल्दा कपडा भिजेको हुन्छ । हामीले धेरै समय भिजेको लुगामा बस्नु हुँदैन । भिजेको लुगामा धेरै समय बस्दा रंगमा भएको केमिकलले छालालाई इरिटेढ गराउँछ । 

    त्यसैले हामीले जति सक्दो चाँडो कपडा परिवर्तन गनुपर्छ । नुहाउँदा छालालाई हानि हुने तरिकाले रंग निकाल्ने कोशिस गर्नुहुँदैन । सामान्य साबुनको प्रयोग गरेर नर्मल तरिकाले नुहाउनु पर्छ । 

    नुहाइसकेपछि कटनको तौलियाले शरीरलाई पुछ्नुपर्छ । त्यसपछि मोस्चराइजरमा भिटामिन इ को क्याप्सुल राखेर शरीरमा लगाउनु पर्छ । रङ्गको प्रयोगले छालामा कुनैपनि किसिमको समस्या देखिए तुरुन्तै छालारोग विशेषज्ञलाई देखाउनु पर्छ ।

    छाला तथा यौन रोग विशेषज्ञ डा.कमलराज धितालसँग गरिएको कुराकानीमा आधारित

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij