भ्यानकुअर । क्यानडाको भ्यानकुअर सहरमा शनिबार एक सार्वजनिक पुस्तकालयमा चक्कु प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ ।
आक्रमणबाट अन्य पाँच व्यक्ति घाइते भएका छन् । व्यस्त बजारको बीचमा रहेको पुस्तकालयमा हमला गर्ने संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त आक्रमण दिउँसो भएको थियो । प्रहरीले प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न अपिल गरेको छ ।
केही व्यक्तिले घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेका थिए । वरिष्ठ पुलिस अधिकारी फ्रयांक जंगले एक पत्रकारसँग कुरा गर्दै चक्कु आक्रमणबाट घाइते भएका छ जनामध्ये एक जनाको मृत्यु भएको बताए ।
घाइते तथा मृतक व्यक्तिबारे अन्य जानकारी सार्वजनिक गरिएको छैन।आक्रमणपछि क्यानडा प्रधानमन्त्री जस्टिन टु«डोले उत्तरी भ्यानकुअरमा भएको घटनाप्रति दुख व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij