वेबटिभी खबर
चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र गैँडामा समानता रहेको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले एमालेलाई जिस्काए गैँडाले जस्तै लखेट्ने चेतावनी दिए ।
एमाले महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा आलोचना गरिएको प्रति लक्षित गर्दै उनले एमाले र गैँडामा समानता रहेको तर्क सुनाएका हुन् ।
‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो,’ उनले भने, ‘गैँडा यति सज्जन हुन्छ कि उ उसको त्यसलाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले त्यस्तै छ।’
उनले थपे, ‘एमाले शान्त छ, आफ्नो बाटोमा छ, आफ्नो भिजनमा छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन, गैँडासँग हाम्रो यो समानता छ ।’ एमालेलाई जिस्क्याए त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्ने चेतावनी भट्टराईले दिए ।
उनले चितवनमा भएको महाधिवेशनबाट एमाले एकतावद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको दाबी गरे । उनले ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ र प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij