Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

रामचन्द्रका नाममा शशांकले छोडे सभापतिको दाबी  

रामचन्द्रका नाममा शशांकले छोडे सभापतिको दाबी  

  • 570
    SHARES
  • रामचन्द्रका नाममा शशांकले छोडे सभापतिको दाबी  

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति पदको दाबी छोडेका छन् । सभापतिका अर्का दाबेदार एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा दिउँसोबाट जारी संस्थापन इतर समूहको बैठकबाट बाहिरिँदै कोइरालाले सभापतिमा दाबी छोडेको बताएका हुन्। 

    करिब ५ घण्टादेखि जारी इतर समूहको बैठकमा युवा र केन्द्रीय सदस्यहरुले मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि शशांक सभापतिको दौडबाट बाहिरिएका हुन् । ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडेँ। रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नु भएको छ,’ कोइरालाले भने,  ‘तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नुभएको छ।’

    कोइरालाका अनुसार सभापतिका अन्य दुई दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह मिलेर उठ्न तयार भएमा पौडेलले पनि दाबी छाड्न तयार भएका छन्।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij