Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बहुभाषाका कविता सुनाइए–सुनिए

बहुभाषाका कविता सुनाइए–सुनिए

  • मंसिर २१, २०७८ मंगलवार २०:३१ बजे
  • 598
    SHARES
  • बहुभाषाका कविता सुनाइए–सुनिए

    खोटाङ । मातृ भाषाको प्रवर्द्धनका लागि भन्दै खोटाङमा बहुभाषिक कविता गोष्ठी आयोजना गरिएको छ । विभिन्न भाषाभाषीको संरक्षण र संवर्द्धनमा टेवा पुर्‍याउनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (समालोचना र निबन्ध) विभाग तथा साहित्य (मातृभाषा) विभागले टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङसँगको सहकार्यमा बहुभाषिक कविता गोष्ठी गरेको हो । 

    images

    जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार आयोजना गरिएको बहुभाषिक कविता गोष्ठीमा विभिन्न भाषाभाषीका स्रष्टाले आआफ्नो कविता वाचन गर्दै एक आपसमा सुन्ने र सुनाउने कार्य गरेका थिए ।

    बहुभाषिक कविता गोष्ठीमा विभिन्न भाषाका ३३ वटा कविता वाचन गरिएको आयोजकले जनाएको छ । बहुभाषिक कविता गोष्ठीमा नेपाली, चाम्लिङ, वाम्बुले, तिलुङ, मगर, भुजेल, तामाङ, नाछिरिङ, साम्पाङ लगायतका भाषाका साहित्य स्रष्टाले कविता वाचन गर्दै सुनाएको टेम्के तुवाचुङ प्रतिष्ठानका सदस्य युगसन किरातले बताए । 

    ‘लोपोन्मुख बन्दै गएको मातृ भाषा संरक्षण अभियान अव साहित्यका माध्यमबाट सफल बनाउन सम्भव छ,’ किरातले भने, ‘साहित्यको विकास पनि हुन्छ, भाषाको प्रवर्द्धन पनि हुन्छ । यसका कारण बहुभाषिक कविता गोष्ठी आयोजना गरिएको हो ।’ 

    कार्यक्रममा ‘खोटाङ जिल्लामा नेपाली साहित्यको अवस्था’का विषयमा साहित्यकार एवं प्राध्यापक डा. धनप्रसाद सुवेदी र ‘खोटाङ जिल्लामा मातृभाषाको साहित्य लेखन’का विषयमा मातृभाषा संरक्षणका अभियन्ता एवं समिति मासिकका सम्पादक तिलक चाम्लिङले कार्यपत्र प्रस्तुत गरेका थिए । सुवेदीको कार्यपत्रमाथि साहित्यकार एवं अध्यापक रामविक्रम थापा र चाम्लिङको कार्यपत्रमाथि साहित्यकार एवं अध्यापक वेदिकुमार राईले टिप्पणी गरेका थिए ।

    कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (समालोचना र निबन्ध) विभागका प्रमुख प्राध्यापक डा. गोपिन्द्र पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागका प्रमुख लक्ष्मी माली, वरिष्ठ कवि तथा साहित्यकार स्नेह सायमीलगायतको उपस्थिति रहेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # कविता

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology