वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्। १४औं महाधिवेशन नजिकिएसँगै देउवाले टिम सेट गर्न बैठक बोलाएका हुन्। बुधबार ९ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठक पदाधिकारी छान्न केन्द्रीत हुने बताइएको छ।
सह–महामन्त्री प्रकाशशरण महलका अनुसार १४ औं महाधिवेशनमा संस्थापन पक्षको प्यानल निर्माणका विषयमा छलफल हुनेछ । देउवा दोस्रो पटक कांग्रेस सभापति हुने दाउमा छन्। संस्थापन समूहबाट उनी सभापतिको उम्मेदवार हुनेछन्। तर, पदाधिकारीमा भने संस्थापन समूहमा धेरै आकांक्षी छन्।
उपसभापतिमा वर्तमान उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिका मुख्य दाबेदारी मानिएका छन् । महामन्त्रीमा वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरु एनपी साउद र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ। यस्तै सह–महामन्त्रीमा समेत संस्थापन समूहमा धेरै आकांक्षी देखिएका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij