Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेपालमा ‘बुस्टर डोज’ बारे के हुँदैछ ?

नेपालमा ‘बुस्टर डोज’ बारे के हुँदैछ ?

  • 616
    SHARES
  • नेपालमा ‘बुस्टर डोज’ बारे के हुँदैछ ?

    काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पूर्ण डोज लगाइसकेका तर रोग प्रतिरोध क्षमता कमजोर भएकालाई थप एक डोज अर्थात ‘बुस्टर डोज’ लगाउने तयारी गरेको छ । 

    २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २० मंसिरमा नेपालमा पनि दुई जनामा पुष्टि भयो । छिटो फैलिने र बढी संक्रामक भाइरस भएकाले विकसित मुलुकले आफ्ना नागरिकलाई ‘बुस्टर डोज’ लगाउन सुरू गरिसकेका छन् । 

    अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रिया, क्यानडा, टर्की, चिली, उरुग्वे, थाईल्याड र चीनलगायतका देशहरुले आफ्ना नागरिकलाई बुस्टर डोज खोप दिइरहेका छन् ।

    नेपालमा पनि दुई जनामा ओमिक्रोन देखिएपछि बुस्टर डोजबारे तयारी सुरु भएको छ । राष्ट्रिय खोप सल्लाहकार समितिले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तर एन्टीबडी कम भएका दीर्घरोगी (क्यान्सर, अंग प्रत्यारोपण, एचआईभी संक्रमित, लामो समयसम्म रोगप्रतिरोध क्षमता कमजोर बनाउने औषधिको सेवन, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका नागरिक)लाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

    के छ सरकारको तयारी ?
    स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले कोरोनाविरुद्धको खोप लगाए पनि रोग प्रतिरोध क्षमता विकास नभएको खण्डमा थप एक डोज लगाउन सकिने बताए । तर, त्यो बुस्टर डोजको रुपमा नभएको उनले स्पष्ट पारे । 
    उनकाअनुसार थप डोज खोप लगाउनु पूर्व बढीभन्दा बढी व्यक्तिहरुलाई खोप लगाइसकेको हुनुपर्ने शर्त छ । 
    ‘नेपालमा भेरोसेल खोप लगाएका ६० वर्षमाथिका नागरिकलाई पूर्ण मात्रा लगाइसकेको ३ महिनापश्चात थप एक डोज लगाउन खोप सल्लाहकार समितिले सिफारिस गरेको छ’, डा. कर्ण भन्छन्,  ‘समितिले सिफारिस गरिसकेको भए पनि आधिकारीक रुपमा पत्र प्राप्त हुन बाँकीे छ ।’ यसबाहेक रोग प्रतिरोध क्षमता कमजोर भएका र विशेष अवस्थाका व्यक्तिलाई मात्रै थप एक डोज खोप दिने निर्णय भएको डा. कर्णले जनाए ।

    बुस्टर डोजसँगै १२ देखि १८ वर्ष उमेरसमुहलाई समेट्ने गरि देशभर खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए । 
    सरकारसँग हाल भएको खोप र आउन बाँकी रहेको खोपले सबै नागरिकलाई यथेष्ट पुग्ने उल्लेख गर्दै उनले सबैलाई खोपको दायरामा समेट्न नसके कोरोना भाइरसका नयाँ–नयाँ आउने भेरियन्टको जोखिम कायम रहने उनको भनाई छ ।  

    नेपालमा पहिलो पटक गत १४ माघदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । खोप लगाएको ६ महिना कटेपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुँदै गएको अध्ययनहरुले देखाएको छ । त्यसैले भाइरसविरुद्धको पूर्ण डोज लगाएका व्यक्तिको उमेर, रोग प्रतिरोध क्षमता, जोखिमपूर्ण अवस्था हेरेर प्राथमिकताका आधारमा बुस्टर डोज लगाउनु पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 

    के भन्छ डब्लुएचओ ?
    डब्लूएचओले आगामी दिनमा ओमिक्रोन भाइरस संक्रमितको संख्यामा वृद्धि हुने बताएको छ । जसकारण संक्रमितको संख्यामा वृद्धि भएसँगै स्वास्थ्य सुविधाको माग पनि बढ्ने छ । तर हालसम्म ओमिक्रोन भेरियन्ट संक्रमितमा कुनै गम्भिर लक्षण नदेखिएको डब्लूएचओले जनाएको छ । 

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का वैज्ञानिकहरुले ७ डिसेम्बरमा ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै बुस्टर डोजको आवश्यकताबारे बहस गर्र्ने छ । हालसम्म विश्वमा ओमिक्रोन भाइरसको संक्रमणबाट कुनै व्यक्तिको निधन भएको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij