वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार मङ्सिर २३ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
बैठकमा शुक्रबारदेखि सुरू हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेस केन्द्रीय समितिको महाधिवेशन अघि यो अन्तिम बैठक हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij