काठमाडौं । तराईका जिल्लाहरूमा सोमबार धुमधामका साथ होली पर्व मनाईँदै छ ।
आइतबार पहाडी क्षेत्रमा मनाइएको होली तराई तथा मधेसका जिल्लाहरूमा भने सोमबार मनाउन लागिएको हो ।
पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ ।
कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै होलीमा भीडभाड हुने गतिविधिहरु नगर्न सरकारले आह्वान गरेको छ ।
तर होली मनाउने क्रममा भीडभाड नगर्न सरकारले जारी गरेको आदेश काठमाडौंसहितका जिल्लामा नागरिक तहबाट अवज्ञा गरिएको थियो ।
सडकमा चेकजाँच कडा पारेको भए पनि वसन्तपुर लगायतका स्थानमा ठूलो संख्यामा मानिसहरु होली मनाउन भेला भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij