वेबटिभी खबर
काठमाडौंं । १० बर्ष मुनिका बालबालिकाको हात,पैताला तथा मुखमा आउने स-सना राता बिमिराहरूलाई हात, पैताला, तथा मुखको रोग भनिन्छ । यो रोगको कारक भाइरस भनेको कोक्सेक्की भाइरस र इन्टेरो भाइरस ७१ हुन् ।
लक्षणहरुः
ज्वरो आउनु
खाना नरुच्नु
घाँटी दुख्नु
जिब्रो, गिजा, गाला, पैताला र हत्केलामा रातो बिमिरा आई पानी र पिप जस्तो घाउहरु देखिनु
यो रोग कसरी सर्छ ?
बिरामी बच्चाको सिँगान, र्याल खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ ।
यो रोग लागेमा के-के कुराहरूमा ध्यान दिने ?
बिरामी बच्चालाई धेरै पानी खुवाउने
नरम खाना तथा झोलिलो खाने कुराहरु खुवाउने
पर्याप्त मात्रामा आराम गराउने
मुखको अल्सरबाट आउने ज्वरो र दुखाइ कम गर्नका लागि सो अनुसारको उपचार दिने
बिरामी बच्चाको सम्पर्कमा आएपछि साबुनपानीले हात धुने
रोकथामको उपाय
नियमित सरसफाइ नै यस रोगबाट बच्ने मुख्य उपाय हो । सामान्यतया यो रोग एक हप्तामा सन्चो हुन्छ तर कुनै कठिनाइ भएमा तुरुन्तै अस्पताल गइ स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij