Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

नेत्र एटमको कवितासङ्ग्रह सार्वजनिक

नेत्र एटमको कवितासङ्ग्रह सार्वजनिक

  • चैत्र १६, २०७७ सोमवार १३:०३ बजे
  • 781
    SHARES
  • नेत्र एटमको कवितासङ्ग्रह सार्वजनिक

    काठमाडाैं । कवि तथा समालोचक नेत्र एटमको कवितासङ्ग्रह ‘प्रिय मौनता’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच एटमको कविता संग्रह सार्वजनिक गरिएको हो ।

    images

    दुई दशक बढी समयदेखि नेपाली साहित्यक्षेत्रमा क्रियाशील रहेका एटमको यो पहिलो कविता संग्रह हो । यस संग्रहका कविताहरूलाई कविले ‘उपसना कविता’ भनेर उपनाम दिएका छन् ।

    प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासनाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता समावेश छन् ।

    पहिलो चरणमा कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गरेका थिए ।

    त्यस्तै, दोस्रो सत्रअन्तर्गत प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखेका थिए ।

    शिखा बुक्सले बजारमा ल्याएको यस संग्रहको मोल रु. ३ सय ५० तोकिएको छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology