वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भने ।
निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै खडा गरेका भने छैनन् ।
१३औं महाधिवेशनबाट वर्तमान सभापति शेरबहादुर देउवाकाे प्यानबाट उपसभापति जितेका निधिले यस पटक भने देउवाको साथ छाडेका छन् ।
सभापति देउवाले अन्तिम पटकका लागि आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए । तर, निधिले देउवालाई चुनाैती दिंदै सभापतिको उम्मेदवारी दिएका हुन् ।
सभापति देउवा पनि सभापतिकै लागि लड्दै छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij